१४ बैशाख २०८१, शुक्रबार

राम लिम्बु बने दोस्रो ‘द भ्वाइस अफ नेपाल’


राम लिम्बु बने दोस्रो ‘द भ्वाइस अफ नेपाल’

मंसीर २१, काठमाडौँ । चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानी काठमाडौंको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा लिम्बु दर्शकको भोटका आधारमा सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’ को उपाधि जितेका हुन् ।

लिम्बु टिम प्रमोदको तर्फबाट थिए । अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद जितेका छन् । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए । शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !