४ जेष्ठ २०८१, शुक्रबार

प्रेम


प्रेम

एक भक्त्तको लागि प्रेम हो भगवान
भगवानको लागि प्रेम हो सम्पूर्ण ब्रह्माण्ड ।

ब्रह्माण्ड फैलिरहेको छ सृष्टिको सुरुवातदेखि
आजसम्म
र फैलिरहने छ कहाँ हो कहाँसम्म
त्यसैले त भक्तको प्रेम अनन्त छ
ब्रह्माण्ड जत्रै
जब भक्त आफैंलाई बिर्सन्छ
तब ऊ ब्रह्माण्ड बन्छ अर्थात्
प्रेम ।

कहिलेकाहीं जलेर पनि प्रेम
व्यापक प्रेम बन्छ
जसै सूर्य जलेर सम्पूर्ण जलचर र थलचर जीवित हुन्छन्
र सारा धर्ति प्रेमिल हुन्छिन् ।

कहिलेकाहीं बगेर पनि प्रेम
अनन्त हुन्छ
जसै हिमनदी बगेर समुद्र हुन्छिन् र
आफ्ना काखमा सामुद्रिक जीवहरु हुर्काउँछिन्
जसै आमा प्रेमनदीमा बग्दै
सन्तानसँगै हुर्किन्छिन् ।

जसरी व्याख्या गरे पनि प्रेम व्यापक छ
ब्रह्माण्ड जत्रै
भगवान जत्रै ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !