७ पुस २०८१, आइतबार

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश


प्रधानमन्त्रीलाई अनुरोध पत्र - त्याग र तपले बनोस मेरो देश

म जहाँ बस्छु यसरी हाँस्छु, यो मेरो प्यारो देश हो !
म जहाँ रम्छु र रमाई बाँच्छु, यो हाम्रो सातै प्रदेश पो यो !!

यो मेरो देशको हिमाल, पाहाड तराई भन्ने प्रदेश हो !
अनि यो प्यारो देश मेरो जन्मभूमि नेपाल पो त हो !!

शिखरहरु सँधै हाँसेको जगतको सुन्दर देश हो यो !
झन नदीनालामा शक्ति नै बग्ने, मेरो प्यारो जन्मभूमि हो !!

यसैले पनि यसको नाम नेपालीको नै नेपाल हो !
शिवले आँखा खोलेको यो त श्यामको तपोभूमि पो त हो !!

जगमग घामका नौलाख दीप बालेर हाँस्ने देश हो यो !
चन्द्रले मायाँ छातीमा राती पोखेर रमेको शीतलभूमि यो हो !!

साँचो नेपालमा हर नेपालीको योगदानको देश यो !
हिजोका बलिदानी र योगदान गर्नेको त्यागको !!

जगतको रक्षा गर्ने निस्काम कर्मयोगि कृष्णको !
यो देशलाई मनले बुझ्ने कर्मशिल मानिसहरुको !!

कसरी किन होला म पुग्न नै सकेकी छैन् माटोमा !
तर त्यहाँ नपुगुन्जेल पनि नेपाली पूर्ण हुन्न धरामा !

त्यो कर्णाली तिरमा पनि त मेरो सुन्दर देश छ रे !
तर बाटो घाटो नभै नेपाली पिडामा रोएका छन रे !!

तर म त यो राजधानीलाई मात्र पो मेरो देश भन्थेँ !
कठै तुइनमा पो मेरो देश सँधै झुण्डिन्डिएको छ रे !!

म त पिडारहित महिनावारी झेलेर रमाएकी मानिस !
अति सम्मानित प्रवश बेदनामा हाँसेकी हुँ म मानिस !!

तर साँच्चै नारीको बेदना पिडा; त्रास र अपमानको !
त्रासदी हेर्न छाउको गोठसम्म पुगेकी नै पो त छैन !!

आमा जननी दिदी बहिनी छोरी खुशी छन कि छैनन् !
अनि मातृशक्ति हरदम तर्षिएको पनि देखेकी छैन !!

जव छाऊ गोठको त्यो कथा म पुगेर त्यहीँ सुन्दिन !
तवसम्म त कहिल्यै म नेपाली नै पनि पो त हुन्न !!

पाँचतारे होटलको बफेमा म सिड्गो नेपाल नै देख्छु !
झुपडिको ढिँडोको डल्लामा पवित्र सि्गो देश बुझ्छु !!

अन्धकारमा रुमलिदै बाँच्ने हरेक स-साना बालकको !
देशको भोलीको कर्णधारको र देशका हरेक युवाको !!

न त आँड्गभरि नाना न छ न मिठो कुनै खाना नै पो छ !
न औषधिमुलो कहिल्यै न शिक्षाको उपयुक्त थलो छ !!

म त सत्तासिनको कुर्सीमा देश कोरेर हुँ बसेकी मानिस !
सात प्रदेशको भागबण्डामा देश विकास रोजेकी मानिस !!

तर अक्करका भिरहरुमा मेरो देश हिँडेको देखेकी नै छैन !
हिमालको सौन्दर्यमा जन्मभूमिलाई मैले टेकेकी खै छैन !!

त्याग र तपको जीवन बाँचौँ सत्कर्म जन्मभूमिलाई दिऊँ !
नेपालीका सारा दु:ख र पिडा यो देंशबाट हटाई फालौँ !!

धर्म र कर्म अड्गालौ अनि नास्तिक हामी कहिल्यै नबनौ !
देशको दर्शन गर्नलाई हामी नेपालीका घर र आँगन पुगौँ !!

ज्ञानको हरेक क्षेत्र फराकिलो विवेक प्रयोग गरेर बनाऊँ !
सन्त र त्यागमय जीवन यो देश निर्माण गर्नलाई बनाऊँ !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !