१४ बैशाख २०८१, शुक्रबार

कविता – गर्विलो छ मेरो धरा


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

देश कसैको पेवा हैन यति बुझे पुग्छ !
देशको मायाँ जतन गर्न मुटु दुख्नुपर्छ !!१

आस्थाका हर देवालयमा शिर झुकाउँदा हुन्छ !
देशका यस्ता धरातलको सम्मान बढाउँदा हुन्छ !!१

छाती भरी चट्टान जस्तो देशको चित्र कोरौँ !
जन्म ऋण अव समृद्दि र विकास रोपी तिरौँ !!३

हिमालका शिरहरुमा सुन्दर फूल रोपौँ !
देशको विकास समृद्दिका अन्न फलफूल छरौँ !!४

गर्विलो छ मेरो यो देश गौरव गरौँ हामी !
संसारको सुन्दर मुलुक बनाऊँ मिलीजुली !!५

सगरमाथा माथी बसी तराईको फाँट हेरौँ !
अन्नपूर्णा र माछा पुच्छ्रे शिरमा सजाई बसौँ !!६

पानीको धन उर्जा बनाई फाल्ने गौरीशंकर!
कोशी भरी बग्न मन छ बन्दै मोतीको बगर !!७

मलाई मेरो कर्णालीले यसो गरी छोओस् !
हरेक भुभाग हृदयका पाटा भरी रहोस् !!८

छाती भरी मेरो देशको त्यो इतिहासले पोलोस् !
वीरहरुको त्याग र बलिदान सम्झि आँशु झरोस् !!९

देश कसैले कहिल्यै पनि बन्दि नबनाउन्!?
नेपाल आमाका असल सन्तानले यो बदेश जोगाउन् !!१०

हिमालको हिउँको कसम खान सकौँ हामी !
तराइको माटो समाई रगत बगाऊ पनि !!११

अन्यायीका हातबाट देशलाई मुक्ति दिन् !
एकजुट हामी बन्नैपर्छ विकास भूमिको हुन् !!१२

वीरहरुको तातो, रातो रगत सम्झौँ हामी !
युवाहरुको त्याग बलिदान पनि बुझौँ अनि !!१३

जसका हातमा, मनमा अनि धनका भण्डारमा !
जे-जे छन् त्यो देशलाई चढाऊँ यो जन्म धरामा १४

किन यो देश हरपल दिने अयोग्य नेतालाई ?
असल र योग्य मानिस छानौ विकास गर्नलाई !!१५

देशका हरेक भुभाग बने मुलुक सुन्दर हुन्छ !
नेपालीको मन मिले अनि पो यो देश बन्छ !!१६

फूलको हिमाल बनाउन् फूल खोज्न म हिँडे !
तारा, सूर्य, चन्द्र मनमा सजाउनलाई खोजेँ !!१७

गुलाफका फूल रोप्न तराईका भुभाग खोजौँ !
जनताको खुशी चिताउँ मुलुक सुन्दर बनाऔँ !!१८

रारा यो देशकी रानी हुन पाहाड सुनकी खानी !!
हिमाल,पाहाड र तराई हाम्रा शिरका ताज हुन् नि !!१९

देशमा कोहि दु:खी नहुन पिडा नहोस् कतै !
हरेक भुभाग समृद्दिले चुमोस जताततै !!२०

देश हाम्रो सम्पति हो जन्मभूमि यो धरा !
हाम्रो मायाँ जतन पाई हाँसोस् देश सारा !!२१

टुक्रिएर नजाउँन है यो देशका कुनै भु-भाग !
माटो मगमग बनोस यो धराको हाँसोस सातै प्रदेश २२

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !