१४ बैशाख २०८१, शुक्रबार

१० औं इजरायली फिल्मफेस्टिवल सम्पन्न


israil-film-festival

इजरायलि दुताबास र नेपाल फिल्म सोसाइटीेले संयुक्त रुपमा आयोजना गरेको फिल्म फेस्टीबल समापन भएको छ । यहि असारको ९ र १० गते रसियन कल्चर सेन्टरमा निःशुल्क इजरायली विभिन्न फिल्महरु प्रदर्शन गरीए पश्चात उक्त फिल्म फिल्मफेस्टिवल सम्पन्न भएको हो ।

इजरायलको ६८ औ स्वतन्त्रता दिबसको अबसरमा १० औ इजरायलि फिल्म फेस्टीबलको आयोना भएको थियो । उक्त फिल्म फेस्टिवलमा इजरायलका चर्चित निर्देशक डानओल म्यान का फिल्महरुका साथै अन्य निर्देशकहरुको फिल्महरु प्रदर्शन भए ।
निशुल्क फिल्म हेर्ने ब्यबस्था आयोजकले गरेका उक्त फिल्म फेस्टिवलमा डल्फिन ब्वई,फिल द भोयड,बेण्डस् भिजीट,गार्खाज डटर इन इजरायल,फरेन मिस्टर,द डिस्टेन्स लगाएतका इजरायली फिल्महरु प्रदर्शन गरीएको थियो । दुइ देशको साँस्कृतिलाई आदान प्रदानको रुपमा उक्त फिल्मफेस्टीबललाई लिइदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !