२२ बैशाख २०८१, शनिबार

जुन देखाई जुन भने


Gajal1

जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।

सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्यादय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।

सादा खाम भित्र पैसा आयो, पैसा तिम्रो खाम मेरो
दुई दिनमै पैसा सकि, खोइ खाम भन्दै कस्सियौ ।

आफै आयौ, हात समायौ, मैले अनि छोड्न मानिन
आँखा रिसले रातो पार्दै, छलछाम भन्दै कस्सियौ ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !