२२ बैशाख २०८१, शनिबार

मायाको खाँचो


Gajal3

औंशिको रातपछि विहानी त आएकै हुन्छ,

जति कठोर भएपनि कसैलाई माया लाएकै हुन्छ,
जति निडर छु भनेपनी अँधेरीले तर्साएकै हुन्छ,
जून जति टल्किएपनी घामकोसामु लुकेकै हुन्छ,
मन जती बाँधेपनि मायासामु झुकेकै हुन्छ,
त्यसैले,
बस मलाई तिम्रो मायाको खाँचो छ’शंका नगर मेरो मायामा यो अति साँचो छ,
अग्नि परीक्षा लिएपनि तिम्रोलागी गरीदीऊँला,
मर त भनी भने पनि तिम्रोलागी मरीदिऊंला,
त्यसैले अब,
भेट्दा एक बचन बोले पुग्छ,
दिनमा एक पटक याहू मेसेन्जर खोले पुग्छ,
म्यासेज गर्नु पर्दैन भोईस च्याट गरौंला,
त्यसले पनि पुगेन भने भिडियो कल नै गरौंला ॥
भिडियो कल नै गरौंला ॥


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !