२० चैत्र २०८१, बुधबार

कथा शीर्षक : अनामिका (भाग-८) – एक अन्तरजातीय प्रेम कथा


कथा शीर्षक : अनामिका (भाग-८)

म उसको बाटो हेरिरहेको थिए । उ अझै आएको थिएन आउनुपर्ने सबै आएका थिए केबल उ मात्र आएको थिएन । कुर्दाकुर्दै आँखा रसाए तर उ अझै आएको थिएन । मर्नु भन्दा पनि पिडादायी भएको थियो मेरो लागि उसको त्यो पर्खाइ । उसले त आफ्नो प्रेम सावित गरिदियो तर मेरो भने अधुरै रह्यो । नजिकिएको परीक्षाको तनाव त्यसमाथि उसको अनुपस्थिति केहि सोच्नै सकिराखेको थिइन् बस उसलाई हेर्न म व्याकुल थिए । सोचे समयले यो कस्तो परीक्षा लिंदैछ मसँग कलेजको समय सकियो तर उसको प्रतिक्षा भने सकिएको थिएन् । यी न्यनहरु घाट लगाएर उसको बाटो हेरिरहेका थिए । लामो समयपश्चात पनि उ नआएपछि म घरतिर लागे साथिहरुसँग पनि राम्रोसँग बोलेको थिइन् सोचे रिसाए होलान् । घर जाँदै गर्दा बाटोमा नेता दाईसँग भेट हुन्छ, दाई जीवनको बुबा बिरामी भएर बिहानै काठमाडौँ गएको भनेर भन्नुहुन्छ मन केहि हल्का हुन्छ । जीवनले भनिदिनु है साथीहरुलाई भनेको रहेछ तर कता-कता उसको बुबाको पनि चिन्ता लागेर आँउछ र के भाको हो र ? दाई भनेर सोध्छु । जीवनको बुबा धेरै रक्सी र धुम्रपान गर्ने भएकोले फोक्सो र कलेजोमा समस्या भई काठमाडौं लगेको हो भनेर भन्नु हुन्छ । कलेजमा चुनावको माहोल भएकोले दाई यत्ति भनेर बिदा हुन्छन् । जीवनको बुबालाई के कसो हुने हो भनेर चिन्ता लागेर आँउछ । सोच्दासोच्दै घर पुग्छु । केहि दिनदेखि टोलाएको देखेर माइजु के भयो भान्जी ? भनेर सोध्नुहुन्छ…म केहि होइन माइजु भनेर टार्छु तर माइजुले केहि बुझे जस्तो गरि सम्झाउनुहुन्छ । म केबल माइजुको कुरा सुनिरहे । समय बित्दै गयो तर उ अझै आएको थिएन । छ न त सबै थिए तर पनि एक्लो भएको भान हुन्थ्यो । उसको यादमा टोलाउनु सिवाय मसगँ अरुकुनै विकल्प पनि त थिएन । उसको बाध्यता थियो या बाहना मैले केहि बुझ्न सकिराखेको थिइन् । एक्कासी साथी निरुको कुरा सम्झिन्छु जित फेरि हारमा परिणत भएजस्तो लाग्छ । सोचे उ कसरी यस्तो निष्ठुरी हुन सक्छ । विगतमा उसँग बिताएका दिनहरु सम्झेर बस्न सिवाय मसगँ अब अरु कुनै विकल्प पनि थिएन । उ आएन तर उसको पर्खाइ कहिल्यै सकिएन् । दिनसँगै हप्ता अनि हप्तासँगै महिना बित्यो तर उ अझै आएको थिएन तर एकदिन अचानक नेता दाईको मुखबाट उसको बुबाको मृत्युको खबर सुन्छु नरमाइलो लागेर आँउछ त्यो खबर सुनेर सबै जीवनको घर जाने निर्णय गर्छौ तर माइजुलाई सोधेर जानुपर्ला भन्ने लाग्छ र अरुलाई जाँदै गर्नु म एकछिनमा आउँछु भनेर घरतिर लाग्छु केहि हतारिएर होला सास धेरै फुलेको थियो । माइजु के भयो भान्जी ? भनेर सोध्नु हुन्छ..म सबै कुर भन्छु । माइजु जान त जानु भान्जी तर परै बसेर हेर्नु होला हामीले छुई-छाई गर्न मिल्दैन है भनेर भन्नुहुन्छ । जुनबेला जीवनलाई साहारा को खाँचो छ त्यो बेला छुन मिल्दैन भन्दा मुटु आरपार हुन्छ र फेरि एकपल्ट आफु दलित भएको महसुस हुन्छ । म पहिलो पटक जीवनको घर जाँदैथिए त्यो पनि यस्तो बेला । जीवनले पहिले बताएअनुसार सिटीमा चढेर भिडभए केहि पर उत्रिन्छु । घर कहिले नदेखेकोले एकिन थिएन तर केहि मानिसहरुको भिड लागेको घर देख्छु जहाँ एकहोरो शंख बजिरहेको थियो । जीवनको घर त्यहि हो भन्ने लाग्छ । लाश निकाल्ने तयारी हुँदैथियो सायद केहि व्यक्तिहरु घरबाहिर बाँस बाँधिरहेका थिए । केहि व्यक्तिहरु घरको केहि वर कुरा गरिरहेका हुन्छन म उनीहरुलाई जीवनको घर यहि हो ? भनेर सोध्छु । उनीहरु हो यहि हो भनेर भन्छन् म ढुक्क हुन्छु र अगाडि बढनु अगाडि तपाईहरु किन यता बस्नु भएको भनेर सोध्छु ? उनीहरु हामि दलित त्यहाँ जान मिल्दैन भनेको सुन्दा छाँगाबाट खसेजस्तो हुन्छु । जीवनमा पहिलो पटक आफ्नो जातदेखि घृणा लागेर आँउछ । असहय पिडा हुन्छ त्यो सुनेपछि मेरा कदम पनि त्यहि रोकिन्छ बस परैबाट सबै नियालिरहन्छु र चुपचाप हेरिरहन्छु उ रोएको म स्पष्ट सुनिरहेको थिए । एक मनले जाउँ भन्छ फेरि माइजुको कुरा सम्झिन्छु मन भक्कानिएर आउँछ थाहै नपाई कतिखेर आँशु खस्न पुग्छ । सोच्छु यो काँध पनि दिन सकिन उसलाई साहाराको लागि र फेरि रुन्छु । उसको घर हेर्छु टिनको छानो लगाएको २ (दुई) कोठे घर रहेछ सोचे जात मात्र ठूलो रहेछ घर त मेरो जस्तै रहेछ अनि म जस्तै गरिब । यो दु:खको घडीमा उसको साथ हुन नपाउँदा मन खिन्न भएर आउँछ । उसको सामु देखिँदा सामानय देखेपनि मनभित्र ज्वारभाटा चलिरहेको थियो । केहि बेरमा उसको बुबाको लाश बाहिर निकालिन्छ उ बुबाको लाश काँधमा बोकेर घाट जाँदै थियो यता म दलित हुनुको बोझ बोकेर घर फर्किदै थिए । उसले मलाई खोज्यो या खोजेन या देख्यो या देखेन मलाई थाहा छैन । तर मेरो मनमा के बितिरहेको थियो त्यो मलाई मात्र थाहाँ थियो मात्र मलाई । उता उसको बुबाको लाश जलेको सबैले देखे तर यता मेरो मन जलेको कसैले देखेन । त्यो दिन म पनि कुनै लाश भन्दा कम थिइन् ।

क्रमश: बाँकी अर्को भागमा…

*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

कथा शीर्षक : अनामिका (भाग-७) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-६) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-२)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-१)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !