२१ बैशाख २०८१, शुक्रबार

सूर्य पौडेलका दुई मुक्तक


सूर्य पौडेल

जब भक्षकले रक्षकको खोल ओढ्यो ।
आँखा चिम्ल्यो, कान थुन्यो र पाइला मोड्यो ॥

आत्मैदेखि नियालिरहेछु परिवेश,
माफ गर साँच्ची देश ‘देश’ लाग्न छोड्यो ॥

*******************

मान्छे निकै अनौठो चाल चाल्छ ।
सिद्धान्त हैन, नाफा सोच्न थाल्छ ॥

पानी फाल्छ, पानीमा झिङ्गा डुब्दा,
घिउमा झिङ्गा डुब्दा, झिङ्गा फाल्छ ॥

**************************

सूर्य पौडेल, बाग्लुङ नपा-१३, बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !