२१ बैशाख २०८१, शुक्रबार

दुई वियोग मुक्तक


सूर्य पौडेल

लाग्दा यता मलाई भोक याद कति कति ।
जो बस्छ उता देव लोक याद कति कति ॥

दिनभर उज्यालोमा नक्कली हाँसो खालि,
देखे’सि तारा मुटु जोख याद कति कति ॥

😭💔😭

छैन शोभायमान् आफ्नै घर पहिले जस्तो ।
लाग्दैन जिन्दगीमा रहर पहिले जस्तो ॥

सानो झिल्काले नि मन यति चाँडो जल्छ कि,
लाग्छ सल्किन्न सुकेको खर पहिले जस्तो ॥

😭💔😭

सूर्य पौडेल, बागलुङ नगरपालिका-१३, बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !