१९ बैशाख २०८१, बुधबार

उड्छ सास : बन्छ लाश


उड्छ सास : बन्छ लाश

उड्छ सास
बन्छ लाश
हरियो बाँस
सत्यनाश!
के रुन्छस् ?
हाँस् न हाँस्।
तलाइ छोड्दै यो जिन्दगीले ।
खोज्न थाल !
गाँस
बाँस
कपास
न उडिन्नजेल सास ।
उडेपछी त,
बन्छ लास ।
हुन्छ सत्यानाश ।

उठ उठ ।
काममा जुट ।
कोहिलाइ छैन छुट ।
गर सकेको काम ।
राख आफ्नो नाम ।
आफ्नो मुटुलाई छम ।
जिउँदै छ्स ।
फेर लामो सास ।
नयाँ कुरा गर केही खास ।
छाउन्जेल सास ।
मेरे पछि बन्छ्स लास ।
त्येही हरियो बाँस ।
हुन्न केही खास ।
सब सत्यनाश !

छोड्दे लोभ ।
गर्दे माफ ।
अधैर्य-असान्त छ्न सब ।
के खोज्छ्स मोज के को रबाफ,
सन्सार हुन्छ चुपचाप
हुँदा तँ सखाफ ।
भएर दुखी आफै
को सग खोज्छ्स के को जवाफ ?
एक दिन उड्छ सास ।
हुन्छ लास ।
हरियो बाँस ।
केही छैन खास ।

सान्त पार मन ।
कोमल बन झन ।
बुझ आफ्नो मन ।
जान कर्म, जान घर्तीको ज्ञान ।
जान्न सक राम्रो नराम्रो छान्न ।
समय कति छ सक्दैन कसैले भन्न ।
हे राम !
उड्छ एक दिन सास ।
बन्छ लास ।
हरियो बाँस ।
सब सत्यानास ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !