युवा लौ अव देश यो मिली जुली काँधमा उठाऊ भनि !
गर्छिन है बिन्ति यी हाम्री जननी हुन प्रिय जन्म भूमि !!
निन्द्रामा छ की देश ब्युझिन पुगि पौरख कति माग्दछ !
तन्नेरी वयकोअपार शक्ति मा रम्न देश खोज्दछ !!
विश्वको शिर यो हिमाल छ जहाँ त्यो देश जगतको धनी !
पौरखले पसिना बगाई अव लौ सजाऊ मातृभूमि !!
कोरोना तिमीलाई दिन्छु मनको आशिष भूमि भन्दछिन !
खायौ सन्ततिको रगत कति तर फर्के युवा भन्दछिन !!
रित्तो भो मनको पिडा छटपटी शोभा गयो भन्दछिन !
छैनन नि युवति युवा जगतमा रोई धरा बस्दछिन् !!
फर्कियौ भूमिमा अपार गरिमा मनको खुशी भन्दछिन्
देशका सन्तति पाई लौ न धरणी गौरवले हाँस्दछिन् !!
कोरोना समय पनि सकि ओरी पौरखले चम्कनु !!
हे युवा अव ता तिमी भुवनको शक्ति बनि झुल्कनु !
सङ्कटको समय चल्यो जगतमा माटो युवा माग्दछ !
हिम्मतले पसिना बगाऊ भनि लौ धर्तीको दिल भन्दछ !
के छैन भुमिमा लौ हेर तिमी नै फर्केर माटो चुम !
हिरा मोती अमुल्य रत्न कति छ लैजाऊ खोतली धन !!
ज्ञानले नै जलमा पुगि जगतको शक्ति उठाऊ झन !
विज्ञानी तिमी हौ भनि भुवनमा देशको पहिचान बन !!
पुर्खाको रज यो गरेर पौरख शिर्जना सुन्दर गरी !
समृद्दि पनि ल्याउनु अव तिमी माटो खोतली ओरी
हिमाली जलमा फुलाई फूल त्यो भूमि सजाऊ अव !
धर्तीको गहना सुरम्य भूमि यो युवा बनाऊ सुन्दर अझ
त्ये दिब्यपनको छटा जगतको काली नदीमा पुगी !
माटोको महिमा कति छ बुझ लौ कर्णालीलाई चुमी !!
हो दीव्य लिपुलेक कलकल गरि सीमा भूमिको धरी !
कैलाली तकमा बहन्छि यिनी देशको सुरक्षा गरी !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली
प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश
प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि
प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु
छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?
कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ
कविता – म हिमाल रोपौ यो छातीमा
कविता – हामी नमिले बन्दैन मुलुक