बाजुरामा सवारी दुर्घटना हुँदा २३ जना घाइते
बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेको अवस्था सामान्य छ