त्रिशूली थ्री ‘ए’ को सुरुङको मुखमा पुग्न २० हजार घनमिटर अवरोध हटाइयो
काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको बाढीपछि प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र पुग्ने उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको मुख अर्थात् पोर्टल क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ ।