कुलमानले पाएनन् अन्तरिम आदेश, शाक्यलाई काम गर्न तत्कालका लागि खुला
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानले विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।