११ मंसिर २०८३, शुक्रबार

पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा


पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि आज शुक्रबार सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा बिहीबार नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो । त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !