२२ कार्तिक २०८३, आइतबार

धन्वन्तरी दिवस भव्यताका साथ सम्पन्न


धन्वन्तरी दिवस

नवलपुर । आज नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नवलपुरको आयोजनामा राष्ट्रिय धन्वन्तरी दिवस भव्यताका साथ सम्पन्न भएको छ । भगवान् धन्वन्तरीको विधिपूर्वक पूजाआजा तथा आराधना गरी श्रद्धा र भक्तिपूर्वक दिवस मनाइएको हो ।

आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले मनाइने यस दिवसले प्राकृतिक चिकित्सा, स्वस्थ जीवनशैली र रोगको रोकथामप्रति जनचेतना अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, व्यवसायी, चिकित्सक तथा उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । भगवान् धन्वन्तरीको कृपा सबैमा रहिरहोस् ।

सबैमा धन्वन्तरी दिवसको हार्दिक शुभकामना !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !