१९ कार्तिक २०८३, बिहिबार

आईजीपीमा पुनर्बहालीको माग लिएर दानबहादुर कार्की पुगे सर्वोच्च


दानबहादुर कार्की

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट पदमुक्त गरिएका दानबहादुर कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आज बिहीबार रिट पेस भई दर्ता प्रक्रियामा रहेको छ ।

आफूलाई आइजिपीबाट हटाउने सरकारको निर्णयविरूद्ध कार्कीले वारेसमार्फत् रिट दिएका हुन् । उनले आइजिपीमा पुनर्बहाली माग गरेका छन् । अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्चमा रिट पठाइएको हो ।

सर्वोच्च अदालतले रिट अध्ययन गरिरहेको छ। दर्ता भइसकेको छैन। सरकारले कार्कीलाई आइजीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो। सोनिर्णय विरूद्ध र आफूलाई आइजीको रूपमा पुनर्बहाली गर्न माग गर्दै रिट दिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !