१४ कार्तिक २०८३, शनिबार

बिपी राजमार्ग अवरुद्ध


विपी राजमार्ग

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।

वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले राससलाई बताए । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !