काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रहरीले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले यो कार्यले शाही कालको झल्को दिएको पनि उल्लेख गरेका छन् । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना भोगेको उल्लेख गरेका छन् ।
कांग्रेस सदैव यस्ता निरंकुश र स्वैच्छाचारी कदमविरुद्ध उभिने उनले बताएका छन् । उनले सञ्चारगृहमाथिको दमनकारी कदम निन्दनीय भएको उल्लेख गरेका छन् ।












