१३ कार्तिक २०८३, शुक्रबार

प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट


डा. मनोजकुमार शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

आज इजलास बस्नु अगाडि फुलकोर्ट बैठक बस्ने बताइएको छ । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको विवादित विषयमा बैठकमा छलफल हुनेछ ।

न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्र नभएर अन्य न्यायाधीशले पनि सामूहिक भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालय तरङ्गित छ । इनामसँग न्यायाधीशको नाम जोडेर समाचार आएपछि यस विषयमा अनुसन्धान गर्न नेपाल बार एसोसिएसनले पनि विज्ञप्ति जारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !