काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आइपियू) को १५३औँ महासभामा सहभागी भई नेपाल फर्किएका छन्। उनी १८ असोजमा अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए।
उनीसँगै प्रतिनिधिमण्डलमा सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी थिए।
तान्जानियाको अरुषा सहरमा आयोजना भएको अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन भएको थियो । महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता थियो।












