काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ ।
रास्वपाले दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्मरण गराएको छ । राज्यका सम्बन्धित निकायहरूबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने पनि रास्वपाले बताएको छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने पनि रास्वपाले प्रष्ट पारेको छ ।












