२४ आश्विन २०८३, शनिबार

कक्रोच जनता पार्टीका दिपके, दास र रांका प्रहरीको नियन्त्रणमा


कक्रोच जनता पार्टीका दिपके, दास र रांका प्रहरीको नियन्त्रणमा

काठमाडौँ । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजीत दिपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा राखेको दाबी गरेको छ । पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा आज शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ ।

तीनैजना नेता मुम्बईबाट दिल्ली विमानस्थल पुगेका थिए । त्यसै क्रममा अभिजीत दिपके सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको थियो ।

सीजेपीले दिल्ली प्रहरीको यो कदमलाई तानाशाही प्रवृत्तिको कारबाही ठहर गर्दै तीनै नेतालाई अविलम्ब र बिनाशर्त रिहा गर्न माग गरेको छ । यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो ।

आजका दिन सीजेपीले बिहान १० बजेदेखि दिल्लीको जन्तर मन्तरमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेस कुमारले भारतीय जनता पार्टीसँग मिलेर भोट चोरी गर्न सहयोग गरेको आरोप लगाउँदै उनको राजीनामा माग गर्दै प्रदर्शनको आह्वान गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !