२३ आश्विन २०८३, शुक्रबार

सशस्त्रका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस


वंशीराज दाहाल

काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो । समितिले हिजो बिहीबार नै प्रतिवेदन गृह मन्त्रालय बुझाएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार, निलम्बनमा परेका एआईजी दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो ।

एआईजी दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री वालेन शाह (बालेन)को मुभमेन्टबारेको सूचना दिएको खुलेको छ । गृह मन्त्रालयले उनलाई बर्खास्तको तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !