पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । पोखराको माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा ४ जना विद्यार्थी र एक सर्वसाधारण गरी ५ जनाको मृत्यु भएको हो ।
कालिका इङलिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले राससलाई जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । बस सडकबाट करिब २०० मिटर तल खसेको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।








