२२ आश्विन २०८३, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !