२१ आश्विन २०८३, बुधबार

तीन अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी ऐनलाई संशेधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागिएको पनि उनले बताए । उनले विपद्सम्बन्धी ऐनाले १२ वर्षपछि मात्र मृत घोषणा गर्ने प्रावधान संशोधन गरी छोट्याउन लागेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !