२१ आश्विन २०८३, बुधबार

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा


सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

काठमाडौँ। नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । आज बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

यसअघि मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !