२० आश्विन २०८३, मंगलबार

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश


मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ । प्रसाईंलाई असोज १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

आपत्तिजनक अभिव्यक्तिका कारण सांसद खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए । प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेकाे आराेप लागेकाे थियाे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !