१४ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीले इन्जिनियर सांसदलाई भने – तपाईंहरू ‘एक्स्ट्रा अर्डिनरी’


बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ भनेर वर्गीकरण गरेका छन्। आज इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँग कुराकानी गर्ने क्रममा उनले सांसदहरू अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरणबारे गरेका हुन् ।

उनले पहिलो ‘एभरेज’, दोस्रो ‘एभरेज भन्दा तल’ र तेस्रो ‘एक्स्ट्रा अर्डिनरी’मा विभाजन गरेका हुन् । उनले इन्जिनियर सांसदहरूलाई ‘एक्स्टा अर्डिनरी’ सांसदको रुपमा व्याख्या गरे । उनले तीन तहका व्यक्तिले कस्तो काम गर्छन् भन्नेबारे पनि आफ्नो भनाइ राखे।

प्रधानमन्त्री शाहज्यूले भने, “तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्रीले सांसदहरुलाई परिवर्तनको संवाहक भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिले सधै नयाँ उपाय ल्याउने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखेका थिए । प्रधानमन्त्री शाहले करिब दुई घण्टा भएको छलफलमा १७ सांसद सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु