१३ आश्विन २०८३, मंगलबार

मानव अधिकार आयोगमा बयान दिन पुगे एसएसपी खड्का


मानव अधिकार आयोगमा बयान दिन पुगे एसएसपी खड्का

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् । यसअघि हिजो आयोगले एसएसपी खड्कालाई हाजिर गराउन भनेर प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको थियो ।

आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएपछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् । आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का कार्यालयमा आएको पुष्टि गरे ।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको भन्ने विषयमा बुझ्नका लागि पुगेको आयोगको टोलीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको विषयमा बुझ्नका लागि प्रहरीलाई पत्र पठाएको थियो । गत शनिबार मध्यराति आफ्नै निवासबाट जबरालाई प्रहरीले पक्राउ गरेर १२ घण्टा नियन्त्रणमा राखेर उनलाई छोडेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !