८ आश्विन २०८३, बिहिबार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी


ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

काठमाडौं । ताप्लेजुङ जिल्लाको दोभान बजारमा भीषण आगलागी भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभान बजारमा आज बिहीबार साढे १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय दाबा शेर्पाको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीबाट लगभग १० वटा घर जलेका छन् भने आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् । बाक्लो घरहरूमा आगो फैलिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगोलागि नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

केही वर्ष अघि पनि दोभान बजारमा आगालागी भएको थियो । आगो निभाउन निभाउन दमकल प्रयोग गरिएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !