७ आश्विन २०८३, बुधबार

अमेरिकाको न्यूयोर्क पुगे प्रधानमन्त्री बालेन


अमेरिकाको न्यूयोर्क पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन उनी कतार एयरलायन्सको जहाजबाट दोहा हुँदै आज बुधबार न्युयोर्क पुगेका हुन् ।

न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री शाहले बिहीबार राष्ट्र्संघमा सम्बोधन गर्ने कार्यक्रम छ । जलवायु परिवर्तनले रसुवा बाढीलगायत नेपालले विपद्को सामना गर्नुपरिरहेको विषयलाई प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठान गर्ने बताइएको छ।

प्रधानमन्त्री शाह आजै संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्ने कार्यतालिका छ। त्यसलगत्तै प्रधानमन्त्री शाह नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु