काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय केही नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
१४औँ महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य भएका र गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका केही नेता आज बिहीबार केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका हुन् ।
अहिलेसम्म बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, नैनसिंह महरसहित ११ जना नेता पुगिसकेका छन् । उनीहरू सबै देउवाका निकट हुन् । देउवा पक्षका नेतालाई सानेपा बैठकमा सहभागी हुने वातावरण बनाउन उदयसम्शेर राणा र योगेन्द्र चौधरी सक्रिय भएका छन्।
अहिलेसम्म बालकृष्ण खाँण, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, श्याम घिमिरे, किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव र इन्द्रबहादुर बानियाँलगायतका नेता सानेपा पुगेका छन्।
देउवा समूहले छुट्टै महाधिवेशनको मिति घोषणा गरेका बेला उनीहरू भने संस्थापनतर्फ लागेका हुन्।









