काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा आपसी हित एवम् सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यसअघि तीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण पनि गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना भएको १३ औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागी भएका छन् ।









