काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनतिर अघि बढेपछि आफू कसैप्रति आरोप प्रत्यारोप गर्न नचाहने बताएका छन् । आज एक अपिल जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न सफल हुने विश्वास व्यक्त गरे।
कांग्रेसका नेता डा. कोइरालाले दुवै महाविधेशन असुरक्षा, अपमान र घृणा प्रदान गर्ने जनाउँदै त्यस्तो पक्षमा नलाग्ने बताएका छन् । कोइरालाले प्रेस विज्ञप्ति जारी गरी अहिले दुवै पक्षले गर्न खोजेको महाधिवेशनमा आशंका जनाएका छन् ।
कांग्रेसलाई विभाजन गर्न कसैले चलखेल गरिरहेको उनको आंकलन छ । अहिले आएर कांग्रेसको पटकथा अन्तै लेखिएको उनले आशंका गरेका छन्।
कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरकरुपमा बुझ्न नसक्ने भन्दै संवाद लिएर कांग्रेस एकताको लागि लाग्ने बताए। उनले पार्टीभित्रको विवादमा आफू मध्यमार्गी भूमिकामा रहेको उल्लेख गरेका छन् ।
कांग्रेसका कुनै कार्यकर्ता हार्ने र कुनै जित्ने खेलमा नलाग्ने उनले जनाएका छन् । अहिले दुवै महाधिवेशनका कारण कांग्रेसका कार्यकर्ता हार्ने र जित्ने खेलमा विभाजन हुने उनको भनाइ छ ।
उनले आफूलाई मध्यमार्गमा हिडाउने बताएका छन् । त्यही मध्यमार्गबाट कांग्रेसलाई एकजुट बनाउने प्रयास गर्ने जनाएका छन् ।









