३१ भदौ २०८३, बुधबार

आज बिहानै मुगुमा दुई पटक भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौँ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !