काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबारबाट एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।
छलफल सकेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-३ घर भएका तामाङ काठमाडौं महानगरपालिका-१६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटर हुन् ।









