काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनमा बहुतले पार्किङ निर्माणका लागि संघ सरकारसँग अनुमति मागेको छ ।
बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग आवश्यक रहेको भन्दै महानगरले एनएसी भवनमा बहुतले पार्किङका लागि अनुमति मागेको हो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनमा बहुतले पार्किङ निर्माणपछि पार्किङ समस्या समाधानमा सहयोग पुग्ने बताइन् ।
काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने डंगोलले बताइन् । बढ्दो पार्किङ समस्या समाधानका लागि काठमाडौं महानगरले अब थप व्यवस्थित ढंगले काम गर्ने उनको भनाइ छ ।









