२८ भदौ २०८३, आइतबार

१२ दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन


१२ दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।

सडक निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो । काठमाडौँबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइसकिएको र त्यसपछि रोकिएर बसेका हेभी इक्युपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ ।

सडक खुलाउन एक्स्काभेटर, बुलडोजर, लोडरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो । सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको हो । गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !