२५ भदौ २०८३, बिहिबार

नवनियुक्त उद्योगमन्त्री दीपककुमार शाहले लिए शपथ


नवनियुक्त उद्योगमन्त्री दीपककुमार शाहले लिए शपथ

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले सपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले आज बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि विवादमा परेकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रास्वपाका दीपककुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !