काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । जसअनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् ।









