काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहले पक्राउ गर्न प्रहरी परिचालन गरेकै दिन राजीनामा दिनुपर्थ्यो भनेका छन् । आज प्रतिनिधिभाको आजको बैठकमा बोल्दै सिंहले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री र सचिवालयले ‘हुकुमी शैलीमा’ शासन चलाइरहेको बताए । उनले ज्वागलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घर भएको बताए ।
सिंहले सम्पत्ति शुद्धीकरणको महानिर्देशकलाई बोलाएर पेस्तोल भिराउँदै दुई घन्टाभित्र रेड कर्नर नोटिस जारी गर भनेर भनिएको घटना पनि उनले उप्काएका थिए । उनले उद्योग मन्त्रीबाट आज राजीनामा दिएकी गौरीकुमारी यादवको प्रसंग पनि निकाले। उनले मन्त्री यादवको राजीनामा नभई बर्खास्त भएको पनि बताए।









