२४ भदौ २०८३, बुधबार

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज, अब पेन्सनपट्टा पाउने बाटो खुल्यो


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रकरणको रिट खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी संलग्न संवैधानिक इजलासले महाभियोग प्रकरणको रिट खारेज गरिदिएको हो ।

सर्वोच्चको यो आदेशसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ । यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका उनले पेन्सनपट्टा लगायतका कुनै सुविधा पाएका थिएनन् ।

पूर्वप्रधानन्यायाधीश जबरामाथिको महाअभियोग जीवितै रहेको दाबी गर्दै प्रतिनिधिसभामा अघि बढाउन माग गरिएको थियो । राणाविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग भने पारित भएको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु