२४ भदौ २०८३, बुधबार

राज्य कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ : रवि लामिछाने


रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्य कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताएका छन् ।

आज बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि जवाफ दिएका हुन् । उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।

‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने ।

“राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छहारी बन्न रातदिन खटिएको छ,” उनले भने, “राज्य यतिबेला भेलले बगाएका सडक र चुडिएका पुल मात्रै होइन विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्न प्रयास गरिरहेको छ ।”

उनले राज्य यतिबेला भविष्यमा यस्तो विपद् कहिल्यै भोग्न नपरोस् भनेर बदिलयो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको बताए । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको उनले दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु