२३ भदौ २०८३, मंगलबार

अझै धेरै वाचा पूरा हुन र धेरै आमाको आँसु पुछिन बाँकी छ : गृहमन्त्री गुरुङ


सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले अझै धेरै वाचा पूरा हुन र धेरै आमाको आँसु पुछिन बाँकी रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा केही समयअघि लेख्दै गृहमन्त्री गुरुङले यस्तो स्पष्ट पारेका छन् ।

उनले लेखेका छन् – म स्वीकार गर्छु सबै कुरा हामीले चाहेजति छिटो भएको छैन, अझै धेरै प्रश्नको जवाफ बाँकी छ,अझै धेरै वाचा पूरा हुन बाँकी छ, अझै धेरै आमाको आँसु पुछिन बाँकी छ।’

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा उनले आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे घाइते, पीडित र उनीहरूका परिवारप्रति आफ्नो सम्मान, माया अनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले जेनजीहरूको सपना सरकारको जिम्मेवारी भएकोले जेनजीहरूको त्याग सरकारको संकल्प भएको बताएका छन् । उनले वर्षमा एक दिन सम्झेर मात्र सरकारको जिम्मेवारी नसकिँने भएकोले उनीहरूको सपना पूरा गर्नु नै साँचो श्रद्धाञ्जली हुनाले जेनजीहरूले देख्न चाहेको नेपाल बनाउनु नै सरकारको कर्तव्य भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !