२२ भदौ २०८३, सोमबार

नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले आज सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन् ।

हिमनदी फुट्नु र हिमपहिरो जानुलाई विश्वव्यापी तापक्रम वृद्धिको परिणामसँग जोड्दै राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । ‘यस विपत्तिले हाम्रो हिमाली पर्यावरणको नाजुक अवस्था दर्साएको छ,’ उनले भने, ‘म अन्तर्राष्ट्रिय समुदायलाई नेपालजस्ता देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान गर्दछु।’

राष्ट्रपतिले पुनर्निर्माण र पुनर्स्थापनाको प्रक्रियामा जाँदा नेपालको साविकको विकास मोडेलमाथि पुनर्विचार गर्न आवश्यक रहेको औँल्याए। विगतका भूकम्प र महामारीजस्तै यसपटक पनि नेपाली जनताले धैर्य र साहसका साथ परिस्थितिको सामना गर्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय पुनरुत्थानका लागि सबैलाई सँगै उभिन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !