२२ भदौ २०८३, सोमबार

रसुवा बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने


रसुवा बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप आज देशभर राष्ट्रिय शोक दिवस मनाइँदै छ ।

भदौं १८ गते बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आज भदौ २२ गतेलाई राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएआ थिए ।

मन्त्री पोखरेलका अनुसार भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको बताएआ थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !