२१ भदौ २०८३, आइतबार

ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवक कलंकीबाट पक्राउ


ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवक कलंकीबाट पक्राउ

काठमाडौं । ठमेलमा फुटपाथमा हिँडिरहेकी नेपाली युवतीलाई ‘ब्याड टच’ गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय सालिम साह रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो शनिबार राति कलंकीबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमा केहीदिनअघि ठमेलको फुटपाथमा हिँडिरहेकी एक युवतीमाथि ती युवकले ‘ब्याड टच’ गरेको भिडिओ भाइरल भएको थियो ।

उनी आफ्नो लामो कपाल र दाह्री-जुँगा काटेर उनी कलंकीबाट भाग्न खोज्दा शनिवार फेला परेका हुन् । अपराध अनुसन्धान कार्यालय र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले शालीनलाई कलंकीस्थित तासिनडोलबाट उनलाई पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !